पोखरा, २ कार्तिक– अन्नपूर्ण एफएम प्रालिले सामुदायिक पब्लिक एफएफ पनि सुरु गरेको छ । शनिबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफएफको उद्घाटन गरे । केही समय अघिदेखि म्युजिक एफएफको रुपमा संचालन गरिएको उक्त एफएफलाई नयाँ ढंगले परिमार्जनसहित सामुदायिक एफएफको रुपमा पब्लिक बनाइएको अन्नपूर्ण एफएमका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञवालीले कोरोना कहरको बेला नयाँ संचार माध्यम संचालन गर्नु अर्को चुनौती भएको जनाए । समुदायमा समर्पित हुने गरी उक्त एफएफले आम जनतालाई सकरात्मक सन्देश दिने उनले विश्वास व्यक्त गरे ।
अन्नपूर्ण एफएम.(९३.४ मेगाहर्ज) कै उचाईमा पब्लिक एफ.एम. (९९.६ मेगाहर्ज) पुग्ने प्रालिका अध्यक्ष विश्वशंकर पालिखेले विश्वास व्यक्त गरे । प्रालिका प्रबन्ध निर्देशक सुनयना पालिखले कार्यक्रममा सहभागिलाई धन्वयाद दिदै पब्लिक एफएफले जनताको इच्छा चहाना अनुसारको कार्यक्रम प्रस्तुतः गर्ने जनाइन् । यसैबीच अन्नपूर्ण एफ.एम. प्रा.लि.को स्टेशन म्यानेजरको जिम्मा संजय मल्ललाई दिइएको छ । स्टेशन म्यानेजर मल्लले कुशलतापूर्वक जिम्मेवार वहन गर्ने बताए ।




