पोखरा, ३ कार्तिक– लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ अन्तर्गतका गोरखाका २ विद्यालयहरुलाई स्वास्थ्य, खेलकुद तथा स्टेसनरी सामान वितरण गरेका छन् ।
लायन्स क्लब अफ पोखरा तालबाराही, लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स क्लब अफ पोखरा पेन्गुइनले गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको विन्दवासिनी मावि र गोरखा ३ कै पडिनी चौतारामा रहेको जनदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सागग्री दिएका हुन् । कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन लायन तिलक तिवारीका अनुसार विद्यार्थीहरुका लागि कोभिडबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्री थर्मलगन, सेनिटाइजर, माक्स र खेलकुदका सामाग्रीहरु विन्दवासिनी मावि र जनदेबी आधारभूत विद्यालयका लागि सेनिटाइजर, माक्स, स्टेशनरी वितरण गरिएको हो ।




