बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालय भवन भत्केपछि सामुदायीक भवनमा पढाई

विद्यालय भवन भत्केपछि सामुदायीक भवनमा पढाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

बागलुङ, ४ कात्तिक– पहिरोले क्षति पु¥याएको भवन पुननिर्माण गर्न नसक्दा यहाँको एक विद्यालयका बालबालिकालाई सामुदायीक भवन र खुल्लाचौरमा राखेर वैकल्पिक सिकाईमा सहभागी गराईएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानी किटेनीमा रहेको जनता प्राथमिक विद्यालयको भवन पुननिर्माण हुन नसक्दा वैकल्पिक सिकाईसमेत प्रभावित भएको हो ।
विद्यालय भवन रहेको जमीन चर्किने र धाँजा फाट्ने भएपछि विद्यालयका दुईवटै भवन बस्न नमिल्ने गरी भत्किएका छन् । ट्रसले निर्माण गरिएको दुईकोठे भवन भाँसिएको छ । ढुंगाले छाएको अर्को दुईकोठे भवनसमेत पूर्ण रुपमा भत्किएको विद्यालयले जनाएको छ । भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठा भित्रको भुइँ, छानो र पर्खाल पूर्णरुपमा क्षतिग्रस्त भएको प्रधानाध्यापक कृष्णा कुमारी श्रीस थापाले बताईन् । भवन अभावका कारण विद्यालयले महिला समुहले बनाएको सामुदायीक भवनमा विद्यार्थी राखेर वैकल्पिक शिक्षा दिँदै आएको छ ।
यो विद्यालयमा अहिले ३० विद्यार्थी अध्ययनरत छन् । गत महिनादेखि विद्यालयले सामुदायीक भवनमा पठनपाठन शुरु गरेको हो । भवनमा शौचालय नहुँदा विद्यार्थीहरुलाई शौचालय गर्न समस्या भएको प्रअ थापाले बताईन् । भत्किएका भवनको विषयमा विद्यालय व्यवस्थापन समितिले नगर शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा मन्त्रालयसम्म जानकारी गराएको छ ।
‘तत्काल भवन निर्माण गर्न सम्भव छैन्, विकल्प दिनुस् भनेर सरोकारवालासँग छलफल गरेका छौं’ विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रकाश छन्त्यालले भने ‘तत्काल भवन बनाउने वा अरु विकल्प खोज्नेबारे निर्णय हुन बाँकी छ ।’ विद्यालयमा गत असार १२ गते राती परेको अविरल वर्षाको कारण क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->