बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेती नदीमा फसेका पुरुषको उद्धार

सेती नदीमा फसेका पुरुषको उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

पोखरा, ६ कार्तिक– पोखरा महानगरपालिका वडा १ गाईघा स्थित सेती नदीमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ । बुधवार बिहान नदीमा हाम्फालेका पोखरा १ हरिचोकका सम्राट राणालाई सशस्त्र प्रहरी बल कालिभञ्याङ गण मालेपाटन र नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलको उद्धार टोलीले भीरमा अड्केको भन्ने सुचनाको आधारमा उद्धार गर्न सोही अनुसारका उद्धार सामग्री ल्याएका थिए । तर सेती नदिको दोस्रो किनारामा भएको र अन्य ठाउँबाट जान नमिल्ने भएपछि नेपाल प्रहरीसँग तत्काल लाइफ ज्याकेट मगाई सकुशल उद्धार गरिएको हो । ‘ भीरमा अड्केको भने अनुसार नै उद्धार सामग्री ल्याएका थियौँ तर खोला पारी भएकाले खोल तर्न पर्ने स्थिति आयो’, गोताखोर मध्येका एक दीर्घनारायण पौडेलले भने । त्यस्तै शसस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक गणेश आचार्यले पानीको वेग तीव्र र गहिरो भएकाले नदीले राणालाई किनारामा पु¥याएको हुनसक्ने बताए । उद्धार गरिएका ३४ वर्षीय राणाले आफ्नो मनमा विभिन्न कुरा खेलेकाले आफू नदीमा गएकोे बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->