स्याङ्जा, ६ कात्तिक– लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट कैलाली जिल्ला गोदावरी वडा नं. ८ घर भई हाल गल्याङ नगरपालिका वडा नं. ८ बस्ने १८ वर्षीय होमबहादुर रोकालाई बुधबार राती लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । रोकाको साथबाट डाईजेपाम, एम्पुल, फेरागन र नोर्फिन गरि २३÷२३ थान बरामद गरिएको र युवालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




