बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घिरिङको पुट्टारमा प्रहरी चौकी स्थापना

घिरिङको पुट्टारमा प्रहरी चौकी स्थापना

चौकीलाई आफ्नै भवन निर्माण गर्न गाउँपालिकाले जग्गा उपलब्ध गराउने छ ।


  • ढोरपाटन संबाददाता
  • कार्तिक ७ २०७७, शुक्रबार

तनहुँ, ७ कात्तिक– गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने घिरिङ गाउँपालिका वडा नं. १ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । यहाँ प्रहरी चौकी स्थापना गर्न सरकारले एक वर्ष अगावै निर्णय गरेको थियो ।
बुधबार तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले प्रहरी चौकीको उद्घाटन गरे । उनले जनताको जिउधनको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए । ‘जनतालाई सुरक्षाको प्रत्याभुत गराउन आवश्यक ठाउँमा प्रहरी चौकी स्थापना हुनेछ । पहिल्यै स्थापना भएका चौकीलाई स्तरोन्नती गर्दै लैजाने सरकारको नीति छ’, उनले भने । प्रहरी र समुदाय बीचको सम्बन्ध सदैव समुधुर हुनुपर्नेमा सांसद सिग्देलको जोड छ ।
घिरिङ गाउँपालिकाले मासिक ८ हजार रुपैयाँ तिर्नेगरी भाडाको घरमा प्रहरी चौकी स्थापना गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । उनका अनुसार, १५ जनाको दरबन्दी रहेको त्यहाँ ५ जना प्रहरी खटिएका छन् । सहायक प्रहरी निरीक्षकको कमाण्डमा चौकी सञ्चालन हुने उनले बताए ।
चौकीलाई आफ्नै भवन निर्माण गर्न गाउँपालिकाले जग्गा उपलब्ध गराउने छ । डुम्रेघाट र फुलबारीघाटमा भवन निर्माणको लागि जग्गा प्रस्ताव गरेको वडा अध्यक्ष गंगा कुमालले बताए । ‘सुरक्षाको दृष्टिले कहाँ उचित हुन्छ, उहाँहरुले निर्धारण गरेपछि जग्गा दिन गाउँपालिकालाई वडाले सिफारिस गर्छ’, उनले भने ।
पुट्टार २ प्रदेशसंग मात्र नभएर ३ जिल्लासंग पनि सिमा जोडिएको छ । गण्डकी प्रदेशको नवलपुर र स्याङ्जासंगै लुम्बिनीको पाल्पासंग जोडिएको छ तनहुँको पुट्टार । पुट्टारसंगै घिरिङ गाउँपालिकाको पोखरीछाप र गजरकोटमा प्रहरी चौकी छन् । तनहुँका ८ स्थानमा इलाका प्रहरी कार्यालय, १७ स्थानमा प्रहरी चौकी र ३ स्थानमा अस्थायी प्रहरी पोस्ट रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->