
नवलपुर, ७ कात्तिक– कावासोती नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित मासुपसलमा अगुगमन गरेको छ । आज शुक्रवार बिहान नगरपालिकाले अकस्मात गरेको अनुगमनमा यहाँका ३ वटा मासु पसललाई मापदण्ड पुरा गर्न ७ दिने अल्टिमेटम दिएको छ ।
मासु पसलमा मुल्यमा एकरुपता नभएको, सरसफाईमा ध्यान नपुगेको, मुल्य सुची नराखिएको, ब्यवसाय दर्ता नगरिएको लगायतका मापदण्ड पुरा नभएको पाईएपछि ७ दिने अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ ।
पहिलो पटक अनुगमनमा परेका मासु पसलेलाई सम्झाईएको र ३ वटा पसललाई भने चेतावनी दिईएको जनाईएको छ ।
अनुगमनमा कावासोती नगरपालिकाको अनुगमन समितिका प्रतिनिधि सहित जिल्ला प्रशासन, प्रहरी , उपभोक्ता मंच र पत्रकार सहितका प्रतिनिधिहरुको टोली सहभागी भएका थिए ।





