बागलुङ, १४ कात्तिक – बागलुङ जिल्लामा शुक्रवार एक जना महिला स्वास्थ्यकर्मी सहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका एक जना २७ बर्षिया महिला स्वास्थ्यकर्मी, बानपा–४ का ५३ बर्षिय पुरुष, बानपा–३ का ६६ बर्षिय पुरुष, बानपाका १६, २५, ५१, २६, ४८ र ५८ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
खनालका अनुसार बानपा–३ का ६६ बर्षिय पुरुष कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पताल बागलुङमा भर्ना भई स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएको र अन्य काठमाडौंदेखि आएका, कन्ट्याक टे«सिङमा परेकाहरु हुन् । संक्रमितहरु केही होम आइसोलेसनमा बस्ने र केहीलाई धौलागिरी अस्पताल र केहीलाई बागलुङ नगरपालिकाको आइसोलेसन कक्षमा राखिने तयारी भइरहेको छ ।





