तनहुँ, १६ कात्तिक – तनहुँमा १६ जना जुवाडे प्रकाउ परेका छन् । जिल्लाको भानु नगरपालिका–१० चोकमैदान हानहटियामा कौडा खालबाट उनीहरु प्रकाउ परेका हुन् ।
शनिबार दिउँसो कौडा खेलिरहेको गोप्य सुचना पाएपछि ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरिक्षक प्रकाश भुषालको कमाण्डमा गएको टोलीले कौडा खेल्ने र खेलाउने १६ जनालाई प्रकाउ गरेको तनहुँ प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४८ हजार २ सय ७० रुपैयाँ बरामद गरिएको छ । थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।





