बागलुङ, १७ कात्तिक– बागलुङ नगरपालिका–३ गुठिमा सडक भासीएको छ । सोमबार दिउँसो एकाएक सडक भासिन थालेपछि स्थानीय त्रसित भएका सहकर्मि उमाकान्त शर्माले बताए । सडकको बिचमा भासिएपछि आवागन रोकिएको स्थानीयले बताए । खानेपानीको पाईप नजिकैबाट सडक भासिन थालेपछि स्थानीयले पानीको चुहावटका कारण जमिन भासीएको हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले भासिएको सडक क्षेत्रमा निरीक्षण गरेको छ । सडक भासिनुको कारण नखुलेको प्रहरीले जनाएको छ ।





