शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका संक्रमित पुरुषको पोखरामा मृत्यु

बागलुङका संक्रमित पुरुषको पोखरामा मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

बागलुङ, १८ कात्तिक– बागलुङका कोरोना संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनलाई पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार साँझ ५ः३० बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको छ । उनको पोखरामानै नेपाली सेनाले शव व्यवस्थापन गरेको जनाएको छ । मंगलबार सोही वडा का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । यसससँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । सोमबार र मंगलवार मृत्युभएका दुवैजनाप्रति श्रद्धाञ्जली अपर्ण गर्दै बागलुङ नगरपालिकाले बिज्ञप्ती जारी गरेको छ । परिस्थिती जटिल बन्दै गएको भन्दै नगरपालिकाले सजग रहन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->