सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गलकोटको सूचनामा नेकपाको आपत्ति

गलकोटको सूचनामा नेकपाको आपत्ति


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार

बागलुङ, १९ कात्तिक– जिल्लाको गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सापास सम्बन्धि सूचना जनचाहनाविपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगरपालिकाले आपत्ति जनाएको छ ।
बुधबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले घर कायम तथा नक्सापास सम्बन्धि बाध्यकारी सूचना तत्काल सच्चाउन आग्रह गरेको हो । नगरपालिका गठन हुनुपूर्व बनेका घरहरु कायम गर्ने र नक्सा पास गर्ने तथा त्यसयता भनेका घरहररुको बिषयमा पुर्नविचार गर्नुपर्ने भन्दै नेकपाले नगरको सूचनामा आपत्ति जनाएको हो ।
पटक पटक विधि परिवर्तन गर्ने र कायम भैसकेका घरलाई समेत पुनः कायम गर्न बाध्य बनाई राजश्व असुलीमा नगरपालिका लागेको नेकपाको आरोप छ । निजीक्षेत्रका कन्सल्टेन्टलाई काममा लगाएर नगरले जनतालाई दुख दिएको नेकपाको दाबी छ ।
घर कायम तथा नक्सापस सम्बन्धि सूचना सच्चाउनुपर्ने, अवैधानिक तरिकाले घर नक्सा बनाउन लगाई लिईएको रकम तुरुन्त फिर्ता दिनुपर्ने, एउटै विषयमा दोहोरो कर बन्द गर्नुपर्ने र वडाको सिफारिसका आधारमा सहज तरिकाले घर कायमको व्यवस्था गर्नुपर्ने नेकपाको माग छ ।
नगर कमिटिका अध्यक्ष ललित बहादुर श्रीषलगायतको टोलीले नगरप्रमुख भरत शर्मा गैरेलाई ज्ञापनपत्र बुझाएको थियो । गलकोट नगरपालिकाले बनिसकेका घरहरुलाई सहज हिसाबले घर नक्सा पास हुनेगरी भदौ २५ गते सूचना जारी गर्दै घर नक्सा पासका लागि आव्हान गरेको थियो ।
‘कोरोना महामारीमा रोजगारी गुमाइएको र आर्थिक संकट बढेको बेलामा सुचना जारी गरी आम नागरिकको ढाड सेक्न बढी रकम असुली गरीएको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘घर नक्सा ऐन पास गर्नुपूर्व निर्माण भएका घर कायम गर्न तथा नगरपालिकाभित्र घर सुचीकृत गर्न दोहोरो कर कायम तत्काल खारेज गर्नुपर्छ ।’
नेकपा नगर कमिटिले पुराना घर कायम गर्न नक्सा बनाउने र पास गर्ने प्रक्रिया तत्कालै बन्द गर्न, अवैधानिक तरिकाले लिएको रकम तत्कालै फिर्ता गर्न, एउटै विषयमा दोहोरो कर नलिन र वडाको सिफारिसका आधारमा सहज ढंगले घर कायम गर्न भनेको छ ।
यस्तै, नगरपालिका आइसकेपछि पनि बिनाअनुमती निर्माण भइरहेका संरचनाका विरुद्धमा मुखदर्शक बनेको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख भरत शर्मा गैरेले नगर सभाबाट भएको निर्णय अनुसार आफुहरु अघि बढेको र नेकपाको सुझावलाई आत्मसात गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->