बागलुङ, २२ कात्तिक– संस्कृति जोगाउन भन्दै दुई वर्ष यता बेल्जियममा रहेका नेपालीहरुले देउसी भैलो खेलेर जम्मा गरेको रकम बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि सहयोग गरेका छन् ।
बेल्जियममा कार्यथलो बनाएका नेपालीले देउसी भैलोमा उठेको ८० हजार ४ सय ५० रुपैयाँ ढोरपाटन नगरपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गराएका हुन् । ढोरपाटनमा रहेकी सञ्चारकर्मी मिनु बिसीमार्फत उनीहरुले रकम पठाएका हुन् ।
कोरोना भाईरसका कारण यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाउने अवस्था रहेको भएपनि विगतमा जम्मा भएको रकम पीडितलाई पठाईएको रकम कोषमा जम्मा गरिएको बिसीले जानकारी दिइन् ।





