बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महिनौ बित्यो, विद्यालय भवन पुननिर्माण थालिएन

महिनौ बित्यो, विद्यालय भवन पुननिर्माण थालिएन

विकल्पको विषयमा कसैले चासो नदिँदा सामुदायीक भवनको साघुँरो कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर पढाउनु परेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७७, शनिबार

बागलुङ, २२ कात्तिक– पाँच वर्षअघि निर्माण थालिएको सडक जब विद्यालयलाई घुम्टो हाल्यो तब भाँसियो ३४ वर्ष पहिले शिक्षासेवीले सुन्दर सपना देखेर लगाएको जग । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीबाट बरेङ गाउँपालिका जोड्न निर्माण गरिएको कच्चि सडकले विद्यालयको उठिबास भएको छ ।
किटेनी, कालाखोला, धुल्लुबास्कोट सडकको नयाँमार्ग खुलाउँदा बनाईएका घुम्तीहरुका कारण विद्यालय भवन भाँसिएपछि जनता प्राथमिक विद्यालय विस्थापित बनेको हो । स्थानीय शिक्षासेवीहरुले २०४३ सालमा यो विद्यालयको जग बसालेका थिए । स–साना बालबालिकालाई टाढा रहेका विद्यालयमा पुग्न असहज भएको भन्दै ३४ वर्षअघि बसालिएको जग यसवर्षको वर्षामा भाँसिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा संस्थापक ८० वर्षिय खडक बहादुर श्रीसले बताए । ‘गाडी चढ्ने सपनाले शिक्षाको ज्योती दिने भवन भाँसियो’ श्रीषले भने ‘सडक खन्दा फेरो नहालेको भए जमिन राम्रै थियो ।’
सडक निर्माणका क्रममा भवनमाथी एक घुम्ती र भवन मुनिको भागमा दुई घुम्ती बनाईएको छ । ‘असार १२ गते रातीको पानीले घुम्ती बनाउँदा थर्केको जमिन भाँसियो, भवन कामै नलाग्ने भएका छन्’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्याल भन्छन्– ‘स्थानान्तरण गर्नुपर्ने अवस्था छ कहाँ लैजानु, कसैले चासो दिएनन् ।’
ढुंगाले छाएको ३ कोठे भवन र गत वर्ष निर्माण गरेको (ट्रस्ट) २ कोठे भवन कामै नलाग्ने भएका छन् । कोरोना भाईरस संक्रमणको त्रासका कारण भएको लकडाउनमा पठनपाठन बन्द भएकाले भवनको आवश्यकता नभए पनि अहिले समस्या भएको छन्तयाल बताउँछन् ।
‘यस्तो भयो भनेर सुनाउन र माग्न कहाँ गईन होला, तर कसैले यसो गरौं भन्दैनन्’ उनले भने ‘विद्यार्थीलाई सामुदायीक भवनमा राखेर वैकल्पिक सिकाईमा सहभागि गराएका छौं ।’ विव्यसले वडादेखि नगर र प्रदेशसम्म विद्यालय भवन भाँसिएको सन्देश पठाएको छ । नगरपालिकाको प्राविधिक टोलीले अध्ययन गरेको भएपनि अहिलेसम्म कुनै सुझावसमेत नपाएको उनले गुनासो गरे ।
यता, जैमिनी नगरपालिकाको प्राविधिक टोलीले समेत बाटोका कारण विद्यालयमा क्षति पुगेको नगरप्रमुखलाई रिपोटिङ गरेका छन् । ‘सडकका कारण विद्यालयमा क्षति पुग्यो हामीले बनाउने तत्काल कुनै योजना छैन्’ नगरप्रमुख इन्द्रराज पौडेल भन्छन् ‘सम्बन्धि ठाउँमा कागजात पेश भएका छन्, हामीभन्दा माथिबाट पनि भवन बनाउने वा स्थानान्तरण गर्ने योजनाका लागि प्रस्ताव गरेका छौं ।’
विकल्पको विषयमा कसैले चासो नदिँदा सामुदायीक भवनको साघुँरो कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर पढाउनु परेको प्रधानाध्यापक कृष्ण कुमारी श्रीषले बताईन् । विद्यालयमा समस्या पर्दा कोही कसैले फर्केर नहेरेको अभिभावकहरुको गुनासो छ ।
‘भोट माग्न नमस्कार गर्दै आउने नेताहरुको चाहना हामीले पुरा गरिदियौं, उनका नमस्कार बिके तर हाम्रो यो पिडामा जति जोसुकैलाई नमस्कार गरे पनि त्यसको कुनै मुल्य भएन’ जेष्ठ अभिभावक ८० वर्षिय खडक बहादुर श्रीस भन्छन्– ‘सुनौलो भविश्य देखाउने भनेर बसाएको जगनै मासियो, अब के गर्नु, हामीलाई दुख पर्दा कसैले हेरेन ।’
विधालयमा हाल ३० जना विद्यार्थी अध्यनरत छन् । दुई सरकारी दरबन्दी, एक राहत कोटा, एक कर्मचारी र दुई स्थानीय स्रोतका शिक्षकबाट पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->