बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा एकैदिन ३० जना फरार प्रतिवादी पक्राउ

तनहुँमा एकैदिन ३० जना फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

तनहुँ, २५ कात्तिक – तनहुँ प्रहरीले सोमबार ठुलो संख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले विभिन्न अपराधमा संग्लन रही अदालतले तोकेको दण्ड जरिवाना भुक्तान नगरी फरार रहेका ३० जनालाई पक्राउ गरेको हो ।
२४ वर्षदेखी फरार रहेका पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा २०५३ पुष ११ गतेदेखी फरार ७ जनासहित सम्बन्ध विच्छेद र कुटपिट मुद्दाका ६÷६ जना, नकवजनी चोरी र गाली बेइज्जती मुद्दामा फरार २÷२ जना, बैकिङ कसुर, चोरी, लुटपाट, जालसाजी, घरेलु हिंसा, सवारी ज्यान र सार्वजनिक अपराध मुद्दामा फरार १÷१ जना पक्राउ परेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुबाट १ महिना १८ दिन कैद र ३ लाख ३७ हजार ९ सय ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकाले अदालत पेश गरेको उनले बताए । पछिल्लो समय तनहुँ प्रहरीले अदालतबाट फैसला भएर दण्ड, जरिवाना, कोर्ट फि र सरकारी बिगो भुक्तान गर्न बाँकी रहेकालाई धमाधम पक्राउ गर्न थालेको छ । अपराध गरेर पनि खुलेआम समाजमा डुल्नेलाई देख्दा प्रहरीसंग असन्तुष्ट तनहुँबासीलाई प्रहरीको फरार प्रतिवादी पक्राउ अभियानले विश्वास जित्न सघाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->