बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यास नगरपालिकाद्धारा कारागारलाई खाट सहयोग

व्यास नगरपालिकाद्धारा कारागारलाई खाट सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७७, बुधबार

तनहुँ, २६ कात्तिक– चिसो भुईमा सुत्न बाध्य तनहुँ कारागारका कैदीबन्दीले खाट पाएका छन् । व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालीको जाडोमा राहत मिलेको हो ।
व्यासका मेयर बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई उक्त खाट हस्तान्तरण गरे । कारागार सुधार र व्यवस्थापनमा नगरको सदैव सहयोग रहने न्यौपानले बताए । ‘कारागारलाई सुधार गृह बनाउन आवश्यक छ’, उनले भने, ‘त्यसका लागि स्थानीय सरकारबाट गर्नुपर्ने सहयोग गर्न व्यास नगरपालिका तयार छौँ ।’
प्रमुख जिल्ला अधिकारी आचार्यले तीन तहको सरकारको सहयोग र सहकार्यले सुधार सम्भव रहेको बताए । उनले कारागार सुधारका ार्ययोजना बनाउने सुनाए ।
यसअघि जिल्लाको म्याग्दे गाउँपालिकाले दुई जना सुत्न मिल्ने ११ वटा खाट दिएको थियो । बन्दीपुर गाउँपालिकाले ५ वटा खाट र शुक्लागण्डकी नगरपालिकाले नगद ५० हजार रुपैयाँ सहयोग आएको कारगार प्रशासनले जनाएको छ । भानु नगरपालिका र घिरिङ गाउँपालिकासंग पनि सहयोगका लागि अनुरोध गरेको कारागारका प्रमुख ध्रुवसिंह खड्काले बताए । कारागारमा २ सय २७ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->