तनहुँ, २७ कात्तिक–‘बर्खाको बेला केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भए पनि बर्खामा वारपार भएरबग्ने गर्दछ । पुल बनेपछि त ठूलै राहत मिल्छ हाम्लाई’, बर खोलामा मोटरेवल पुलको शिलान्यास हुँदैगर्दा जरेबरका बुजोसत्त महतलेअसुनाए । खोला तर्नलाई बनाएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिएको उनी बताउँछन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका –११ र भिमाद नगरपालिका–९ को सीमाना हँुदै बग्ने बर खोलाले बर्खामा बेस्सरी दुख दिन्छ । महतका अनुसार खोला उर्लिदा सवारीसाधन चल्दैन् । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउँला भन्दैमा दिन बित्छ, स्थानीयको ।
वर्षौदेखि यस्तै पिडा भोग्दै आएका दुई नगरपालिकाका स्थानीयलाई समयमै पुल निर्माण भएको खण्डमा आगामी बर्खाको बेला सहज हुनेछ । यही आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्यका साथ बुधबार बरखोलामा मोटरेबल पुल शिलान्यास भएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलान्यास गरेका हुन् । पुल निर्माण भएपछि तनहुँका दुई स्थानीय तहलाई मात्रै नभएर दुई प्रदेश निर्वाचन क्षेत्रलाई समेत जोड्नेछ ।
पुल शिलन्यास भएपछि स्थानियमा समृद्धिको आशा पलाएको छ ।‘विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प छैन् । जोखिम मोलेरै भएपनि खोला तर्नुपर्ने समस्यामा पुस्तौदेखि गुज्रिएका छौँ’, शिरबहादुर महतले भने, ‘पुलको शिलान्यास भएपछि खुशी त छौँ नै । तर, ढिलो नगरी छिट्टै निर्माण सकियोस् ।’ गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतपुल बन्न लागेको हो । ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाँ लागत अनुमान गरिएकोमा मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ३ करोड ३६ लाख ७५ हजार ६ सय ३६ रुपैयाँमा (भ्याट सहित) ठेक्का पाएको पूर्वाधार विकास कार्यालयका प्रमुख तनहुँका ओमराज ढुंगाना जानकारी दिए । उनका अनुसार पुल ३२.४ मिटर लामो हुनेछ । २२ असार २०७८ मा पुल निर्माण सक्ने सम्झौता भएको उनले बताए । नदीले बर्खामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न १३ सय घनमिटर ग्याबिन भरिने उनले जनाए ।
पुल शिलन्यासपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आवश्यकस्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताए । ‘सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्नेछन्’, उनले विश्वस्त पार्दै भने । सिंचाईका आयोजना, एक घर एक धारा खानेपानीको कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पु¥याउने कार्यक्रम प्राथमिकता साथ अगाडी बढाएको उनको भनाई छ ।
प्रदेशसभा सदस्य आशा कोइरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिइन् । शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताए । प्रदेश सरकारको बजेटमा बन्न लागेको पुलमा स्थानीय सरकारबाट आवश्यके सहयोग गर्न तत्पर रहेको उनको भनाई छ ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले दुई स्थानीय तहलाई जोड्ने पुललाई मितेरी पुलको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।





