शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा थपिए ५ संक्रमित

बागलुङमा थपिए ५ संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७७, बिहिबार

बागलुङ, २७ कात्तिक– बिहिवार बागलुङमा ५ जना कोरोना संक्रमित भेटिएका छन् । सदरमुकाम स्थित बागलुङ नगरपालिका वडा नं. १ का ४३ बर्षका एक पुरुष, गलकोट नगरपालिकामा कार्यरत २६ बर्षिय महिला र २९ बर्षकी महिला कर्मचारी, गलकोट नगरपालिका वडा नं. ३ का ३४ बर्षिय एक पुरुषमा पनि संक्रमण पुष्टी भएको हो ।
बिहिवारै ताराखोला गाउँपालिका ५ का १९ बर्षका पुरुषमा पनि संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देबप्रकाश घिमिरेले बताए । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा उनीहरुको संक्रमण पुष्टी भएको थियो । संक्रमित मध्ये ताराखोला र बानपा १ का क्वारेन्टाइनमा बसेका थिए । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ हजार ८ सय ४८ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->