शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा कोरोना : तीन जना थपिए, दश जना संक्रमणमुक्त

बागलुङमा कोरोना : तीन जना थपिए, दश जना संक्रमणमुक्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

बागलुङ, २८ कात्तिक– बागलुङमा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ का ७५ बर्षिय पुरुष, धौलागिरी अस्पतालमा कार्यरत २८ बर्षिय पुरुष स्वास्थ्यकर्मि र वडिगाड गाउँपालिकामा कार्यरत २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । शुक्रबारनै बागलुङका दश जना कोरोना संक्रमण मुक्त भएका छन् । उनिहरु सबै बागलुङ नगरपालिकाका हुन् । होम आईसोलेसनमा रहेका पाँच जना र बागलुङ नगरपालिकाले व्यवस्थापन गरेको रात्माटा आईसोलेसन केन्द्र तथा धौलागिरी अस्पतालका पाँच जना कोरोना संक्रमण मुक्त भएका हुन् । बागलुङमा संक्रमितको संख्या ७ सय ५५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->