शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुई परिवारका ८ जनासहित बागलुङमा १२ संक्रमित थपिए

दुई परिवारका ८ जनासहित बागलुङमा १२ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७७, शनिबार

बागलुङ, २९ कात्तिक– बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१ रामरेखाका दुई परिवारका ८ जना सहित १२ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । बागलुङ नगरपालिका–१ रामरेखाका ६५ र २६ बर्षिय पुरुष तथा ६२, ५०, ४९, ३०, २५ र २४ बर्षिया महिलामा संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–४ का ६९ बर्षिय पुरुष, वडा नं. २ का ३१ बर्षिया र एक जना उमेर नखुलेका पुरुष तथा वडा नं. ३ की ३० बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकास घिमिरेले बताए । उनिहरुलाई आईसोलेसन केन्द्र र होम आईसोलेसनमा राख्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->