सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जैमिनीमा घरगोठ जल्दा दश लाख बढीको क्षती

जैमिनीमा घरगोठ जल्दा दश लाख बढीको क्षती


  • ढोरपाटन संबाददाता
  • मंसिर १ २०७७, सोमबार

बागलुङ, १ मंसिर – बागलुङको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थापमा आईतवार (हिजो) साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैञ्युथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मन बहादुर नेपालीको गोठ जलेको हो । ढुंगा माटोले बनेका कच्चि घर गोठ जलेका हुन् ।
ललिताको घरमा विद्युत सट भएर लागेको आगोले छेवैमा रहेको गोठ समेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहना समेत जलेको पीडित सर्कीनीले बताइन् ।
साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानियहरुको सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो । गोठमा रहेका पशु चौपायको समेत दाम्लो काटेर जोगाईएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा झण्डै दश लाख रुपैयाँको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->