शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु

अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

पोखरा, २ मंसिर–अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मृत्यु हुने बालिका पुतलीबजार नगरपालिका–१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रे हुन् ।
सोमबार बिहान सवा १० बजेको समयमा भाइलाई टीका लगाउनको लागि माथिल्लो घरबाट तल्लो घरमा जाँदै गर्दा उनलाई धेरै सङ्ख्याका अरिङ्गालले टोकेका थिए ।
बिहानको समयमा सिमसिम वर्षा भएको र हावा चलेका कारण कालो अरिङ्गाल रुखबाट उडेको र त्यही समयमा कालो कपाल देखेका कारण टोकेको उनको भनाई छ । ‘टीका लगाउनको लागि माथिल्लो घरबाट तल्लो घरमा हिँड्दै गरेको बेलामा रुखमा रहेको गोलाबाट कालो अरिङ्गालले टोकेको हो । हावा लागेको बेलामा अरिङ्गाल बाहिर आयो । कालो अरिङ्गालले कालो कपाल देखेर नै टोकेको होला ।’ उनले भने, ‘यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि पोखरा पठाएका थियौँ । हिजो साँझ दुःखद खबर आयो ।’ मृतक अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी हुन् ।
अरिङ्गालको टोकाई बाट उनकै साथमा रहेकी बहिनी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको पनि प्रहरी उपरीक्षक बोगटीले बताए ।
सोमबार नै आँधीखोला गाउँपालिकाकी एक बालिकालाई पनि अरिङ्गालले टोकेको थियो । उनको पनि अवस्था सामान्य रहेको छभने जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->