बागलुङ, ६ मंसिर–जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा रहेको जनता माध्यामिक विद्यालय व्यवस्थापन समितिले नयाँ नेतृत्व पाएको छ ।
विद्यालयले हालै सम्पन्न गरेको अभिभावक भेलाले व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपेन्द्र थापा चयन भएका छन् । सर्वसम्मतिमा उनलाई भेलाले अध्यक्षको जिम्मेबारी दिएको हो ।
समितिका सदस्यहरुमा राम पौडेल, गणेश पौडेल, पुर्ण बहादुर थापा, सीता सप्लाङगी, कोपिला नेपाली चयन भएका छन् । पदेन सदस्य रहने व्यवस्था अनुसार वडा अध्यक्ष भगिन्द्रकुमार थापा सदस्यमा चयन भएका छन् । सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक देबिप्रसाद सुवेदी र शिक्षक प्रतिनिधिमा कुलप्रसाद पौडेल चयन भएको शिक्षक नविन प्रताप जिसीले बताए ।





