बागलुङ, ७ मंसिर– आइतवार बागलुङमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा भएको स्वाब परीक्षणमा बागलुङ नगरपालिका वडा नं. १ का ५६ बर्ष र ३५ बर्षका पुरुष छन् ।
त्यस्तै बानपा २ का ५१ बर्ष र ४८ बर्षका महिला, ६७ बर्ष, ६४ बर्ष र ५२ बर्षका पुरुष तथा बानपा ३ का ४१ बर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देबप्रकाश घिमिरेले बताए । संक्रमण पुष्टी भएकाहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । त्यस्तै आईतवारनै काठेखोला गाउँपालिकाका ३३, ५४ र २५ बर्षका पुरुष, ताराखोला गाउँपालिकाका ७८ बर्षिय महिला र उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतवार थपिएका ८ जना सँगै बागलुङमा ८ सय १५ जना संक्रमित पुगेका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले शुक्रवार निर्देशन जारी गरेर कोभिड १९ संक्रमण देखिएपछि होम आइसोलेसन तथा अन्यत्र बसेका संक्रमितलाई १४ दिनभित्रमा कुनै लक्षण देखिएमा नजिकको अस्पतालमा भर्ना हुन आग्रह गरेको छ । उक्त अबधि भित्र कुनै लक्षण नदेखिएको हकमा बिना परीक्षण स्वतह डिस्चार्ज भएको मानिने बताइएको छ । उक्त निर्देशन अनुसार डिस्चार्ज भएका व्यक्तिले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक गतिविधि गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि गण्डकी प्रदेशका मुख्य मन्त्रीले स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ नआएसम्म डिस्चार्ज नगर्ने घोषणा गरेका थिए । उक्त घोषणा अनुसार लक्षण नदेखिएकालेपनि ३७ दिन सम्म आइसोलेसन बसेका थिए ।





