बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कक्षा १२ को परीक्षा सुरु, बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थी

कक्षा १२ को परीक्षा सुरु, बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थी


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

बागलुङ, ९ मंसिर– मंगलबारदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थीले ७२ वटा केन्द्रबाट परीक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत कृष्णराज रेग्मीले जानकारी दिए ।
एसएलसी परीक्षा फेजआउट भएपछि कक्षा १२ को परीक्षालाई बिद्यालय तहको अन्तिम परीक्षाको रुपमा लिन थालिएको छ । फलामे गेट भएकोले कक्षा १२लाई बिशेष परीक्षाको रुपमा हेर्ने समेत गरिएको छ ।
जिल्ला शिक्षा समन्वय समितिले सबै परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ । यो परीक्षाकालागि प्रहरी र सेना समेतको सुरक्षा खटाइएको छ । कोरोना संक्रमणको कारण गत चैतदेखि सबै बिद्यालय ठप्प छन् । पढाई नभएको र समूहमा भेला हुने वातावरण समेत नभएकोले परीक्षा सर्दै आएको थियो । सरकारले देशभर सुरक्षा मापदण्ड अपनाएर परीक्षा चलाउने निर्णयपछि वातावरण सहज भएको हो । सरकारले स्थानीय पालिकालाई भने व्यवस्थापनको जिम्मा दिएको थियो । ‘व्यवस्थापनको जिम्मा दिएकोले हामीले सुरक्षा सर्तकर्ता, अनिवार्य मास्क लगाउने, ज्वरो नापेर मात्रै भित्र छिर्न दिने व्यवस्थापन गराएका थियौं’ बागलुङ नगरपालिका शिक्षा अधिकारी डण्डपाणी शर्माले भने, ‘कतिपय बिद्यालयमा व्यवस्थापनको अभावले केही भीड समेत भयो ।’
आजदेखिका परीक्षामा सामाजिक दुरी कायम हुने गरी कक्षा कोठा बढाउन पनि भनेको उनले बताए । सबै परीक्षाकेन्द्रमा सेनिटाइजर, मास्क र ज्वारो नाप्ने व्यवस्थापनकालािग भने पालिकाहरुले सहयोग गरेका थिए । उनीहरुले स्वास्थ्य शाखाको समन्वयमा सामाग्री समेत उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->