बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल

बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल

शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगतबहादुर गुरुङले पञ्चायतकालदेखी पुल माग गर्दै आएकोमा बल्ल आएर पुरा हुन लागेको बताए ।


  • बिनोद ढुंगाना
  • मंसिर १० २०७७, बुधबार

तनहुँ, १० मंसिर– मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी नै माग गर्दै आएका थिए । तर, कहिल्यै पुरा भएन् ।
पञ्चायतपछि पनि विभिन्न शासन व्यवस्था फेरिएर अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छ । तीन तहको सरकार छ । पञ्चायतमा मसिना खोलामा झोलुङ्गे पुल बनाइदिन गरेको माग बल्ल आएर प्रदेश सरकारले पुरा गरिदिन तत्परता देखाएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयअन्र्तगत बन्ने मसिना खोला झोलुङ्गे पुलको बुधबार गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले शिलन्यास गरिन् । उनले सरकारले पुर्वाधार बिकासलाई जोड दिइरहेको बताईन् । ‘आवश्यकता अनुसार पुर्वाधार विकासमा सरकार लागिपरेको छ । पुर्वाधार खडा हुदैँमा मात्र समृद्धि हासिल हुँदैन्, जनताले चाहिँ उर्वर भुमीलाई प्रयोग गरेर कृषि उत्पादनलाई जोड दिन आवश्यक छ’, उनले भनिन् ।
एउटै निर्माण व्यवसायीलाई धेरैतिरको विकास निर्माणको जिम्मा लागउने प्रवृत्तिले काममा ढिलासुस्ती हुने उनी बताउँछिन् । धेरैतिर ठेक्का लिएका निर्माण व्यवसायीले समयमै काम गरेकी गरेनन् भनेर राज्यले नियमन गर्नुपर्ने उनको धारणा छ । पुर्र्वमन्त्रीसमेत रहेकी कोईरालाले समयमै काम सक्न निर्माण कम्पनीसंगै स्थानिय उपभोक्ताले सक्रियता देखाउनुपर्ने सुझाव दिइन् ।
शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगतबहादुर गुरुङले पञ्चायतकालदेखी पुल माग गर्दै आएकोमा बल्ल आएर पुरा हुन लागेको बताए । ‘यहाँ पुल बनाउन पञ्चायतमा पनि हामीले माग गरेका थियौँ । यत्रो लामो सयमपछि अहिले पुरा हुदैँछ’, उनले भने, ‘काममा बहानाबाजी नहोस् । सम्झौता भएको अवधिभित्रै गुणस्तरिय काम भएको हेर्न चाहान्छौँ ।’
उक्त झोलुङ्गे पुल आगामी असार मसान्त सम्ममा सम्पन्न गर्नेगरी परिस्कार निर्माण सेवा नुवाकोटले ठेक्का पाएको पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । १३ लाख १३ हजार ८ रुपैयाँ (भ्याट बाहेकमा) ठेक्का दिएको उनले जनाए । ४४ मिटर लामो पुलको चौडाई १ मिटर हुने जनाईएको छ । पुल बनेपछि एक्लेखेत र मझुवा आउजाउमा निकै सहज हुने स्थानियको विश्वास छ । एक्लेखेतस्थित हंशवाहिनी मावीमा पढ्ने मझुवाका विद्यार्थीलाई राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->