सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

युवा संघ गलकोटको अध्यक्षमा थापा चयन

युवा संघ गलकोटको अध्यक्षमा थापा चयन


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

बागलुङ, १३ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको साझा संगठन राष्ट्रिय युवा संघ गलकोटको भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले मनोज कुमार थापा संयोजक रहेको ४५ सदस्यीय राष्ट्रिय युवा संघ गलकोट नगर कमिटि गठन गरेको छ । समितिको सह–संयोजकमा टंक कार्की चयन भएका छन् । बाँकी ४३ जना सदस्य समानुपातिक हिसाबले मनोनित भएका छन् ।
युवाहरुको भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरेले अब राजनीतिक दलको नेतृत्व युवा पुस्ताले मात्रै गर्न सक्ने धारणा राखे । दुई पार्टीको एकतापछि बनेको युवा संघ बलिायो भएको भन्दै गैरेले सशक्त कार्यक्रम गर्न युवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटिका कार्यालय सदस्य लाल थापा, जिल्ला कमिटि सदस्यहरु फमलाल न्युरे, फरेन्द्र थापा, डम्मबहादुर श्रीष, राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज नरेश केसी, जिल्ला अध्यक्ष रेशम घर्तिलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->