बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार

सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार

द्रुत गतिको इन्टरनेट र भ्वाईसका लागि टेलिकमले बागलुङको बलेवा क्षेत्रमा फाईवर सेवा विस्तार गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७७, आइतबार

बागलुङ, १४ मंसिर– बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाका चुडामणी शर्मा मोबाईलमा बिहान बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ जसरी पनि किन्नु भनेर कर गरेपछि किनेको मोवाईल अहिले समय बिताउने साधन मात्रै भएको छैन, इच्छा अनुसारका भजनकृतन, संगीत तथा सामाचारको माध्याम बनेको छ ।
उनको हातमा मोबाईल फोन चलेको त धेरै वर्ष भयो तर धित मर्ने गरेर संगीतमा उनी झुम्न थालेको भने केहीदिन मात्रै भएको छ । मोबाईल ढाटाबाट इन्टरनेट चलाउँदा निकै खर्चिलो हुने भएकाले उनले अत्यावश्यक काममा मात्रै मोबाईल डाटा लिन्थे । गाउँमा ल्याण्डलाईन फोन, इन्टरनेट चल्ने कुरा दुई वर्षअघि चलेको थियो । तर भरपर्दो इन्टरनेट थिएन् रे ।
वाईफाई चल्ने कतिपय इन्टरनेटमा बेला बेलामा आउने समस्याहरुका इन्टरनेट आयो भने कस्तो होला भनेर कल्पनामै रमाएका शर्मा जस्ता धेरैले हिजोआज इन्टरनेटमा आँफुलाई चाहेका गीत, प्रवचन र समाचारको अध्ययन गर्छन् । नेपाल टेलिकम बागलुङले सदरमुकाम बाहिर पहिलोपटक फाईवर सेवा बिस्तार गरेपछि बागलुङ नगरपालिका वडा नं. १३ र १४ का टोल टोलमा उच्च गतिको इन्टरनेट चल्न थालेको छ ।
द्रुत गतिको इन्टरनेट र भ्वाईसका लागि टेलिकमले बागलुङको बलेवा क्षेत्रमा फाईवर सेवा विस्तार गरेको हो । नेपालमै बागलुङ बजारबाट पहिलोपटक सुरु भएको ‘फाईवर टु दी होम’ अभियानअन्र्तगत पुरानो तामाको तार विस्थापित गरेर फाईवर जडान गरिएको हो ।
यसै साता बलेवामा विस्तार थालिएको फाईवर सेवाले त्यहाँका बालबालिकादेखि बृद्ध र वयस्कमा खुसी छाएको छ । ‘केटाकेटीले अनलाईनमा पढ्छन् अड्कीने इन्टरनेटले समस्या थियो’ शर्माले भने ‘भिडियो राम्रो चल्ने रहेछ राम्रो भयो ।’
टेलिकम बागलुङले बलेवा क्षेत्रका दुई वडामा ५ सय १२ वटा लाईन दिन मिल्नेगरी सेवा विस्तार गरेको हो । ‘भ्वाईसका लागि ल्याण्डलाईन र इन्टरनेटसमेत एउटै राउटरबाट चल्नेगरी विस्तार भएको छ’ टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने ‘तामाको तारको तुलनामा द्रुत गतिको भ्वाईस र इन्टरनेट फाईवरबाट वितरण हुन्छ ।’
उच्च गतिको इन्टरनेट गाउँमा पुगेपछि स्थानीय सबैलाई सहज भएको वडा नं. १३ का अध्यक्ष नारायण पौडेलले बताए । ‘कार्यालयदेखि विद्यालयका लागि अब रोकिनु पर्ने इन्टरनेट रहेन’ पौडेल भन्छन् ‘निजी क्षेत्रको एकाधिकार टेलिकमले तोडिदियो ।’
टेलिकमले आवश्यकता अनुसार ८ देखि ६० एमविपिएस सम्मको इन्टरनेट र भ्वाईसका लागि ल्याण्डलाईन फोन वितरण गरेको छ । नयाँ ग्राहकले यो सेवा लिँदा एकमुष्ट एक वर्षका लागि दश हजार रुपैयाँ तिर्दा पुग्छ । बलेवामा पहिलोपटक विस्तार भएको फाईवर जिल्लाका अन्य क्षेत्रमा विस्तारको तयारीमा छ ।
निकट भविश्यमै कुश्मीशेरा, गलकोट, बुर्तिबाङ, खर्वाङलगायतका क्षेत्रमा यो सेवा पु¥याईने उनको भनाई थियो । फाईवरमार्फत उपलव्ध हुने इन्टरनेट द्रुत गतिको हुने र भ्वाईससमेत स्पष्ट हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->