बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा पक्की पुल उद्घाटन गर्न कांग्रेस नेता  पौडेल प्रहरीको नियन्त्रणमा

तनहुँमा पक्की पुल उद्घाटन गर्न कांग्रेस नेता  पौडेल प्रहरीको नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

तनहुँ, १७ मंसिर–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । उनले प्रहरीको नियन्त्रणमै रहेको अवस्थामा सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्न आग्रह समेत गरेका छन् ।
‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’ उनले लेखेका छन्, ‘ुसर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ।’
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->