सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पौडेल पक्राउ बिरुद्ध कांग्रेसको बिरोध

पौडेल पक्राउ बिरुद्ध कांग्रेसको बिरोध


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

बागलुङ, १७ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको भन्दै बागलुङका कार्यकर्ताले बिरोध गरेका छन् । बुधवार साँझ बागलुङको लोकतन्त्र चोकमा भेला भएका कायकर्ताले नाराबाजी गर्दै पौडेल पक्राउको बिरोध गरेका हुन् ।
सरकार बिरोधी नाराबाजी गर्दै सुरु भएको कार्यक्रममा वक्ताहरुले सरकारको खरो आलोचना गरेका थिए । नेपाल बिद्यार्थी संघ बागलुङको आयोजनामा भएको बिरोधमा नेताहरुले तनहुँ घटना नियोजित भएको समेत दावी गरेका छन् ।
कांग्रेस नेतामाथी ज्यादती गर्ने सरकारको नियोजित कार्यले नागरिक अधिकार कुष्ठीत भएको समेत आरोप लगाइएको छ । उनीहरुले बरिष्ठ नेताप्रति अपमान र अराजक गतिविधि गरिएको समेत बताए ।
बिरोध कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले नेकपाको सरकार आउँदा रुन पनि नपाउने कुरा प्रष्ट भएको बताए । उनले पौडेलको पक्राउ लोकतन्त्र बिरोधी भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको कुरा देखिएको दावी समेत गरे । पूर्व निर्धारित कार्यक्रम रोकेर प्रशासनले पनि कांग्रेसका नेताप्रति अमानवीय व्यवहार देखाएको आरोप लगाए ।
कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री हरिहर शर्माले स्थानीय सरकारले आयोजना गरेको कार्यक्रम रोक्ने गतिविधि संघियताकै बिरोधी भएको पनि बताए । कांग्रेसको पालामा सुरु भएका बिकासे योजनामा बजेट नपार्ने, राजनीतिक आस्थाको आधारमा बिकास बजेटमा बिभेद गर्ने काम पनि भएको उनले आरोप लगाए । कार्यक्रममा नेविसंघका अध्यक्ष खड्ग थापा, सचिव श्रीकृष्ण पौडेल लगायतले पनि घटनाको बिरोध गरेका थिए । बागलुङको बाघचोकमा सहभागि कार्यकर्ताले सरकार बिरोधी नारापनि लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->