शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ७ जना कोरोनाका संक्रमित थपिए

बागलुङमा ७ जना कोरोनाका संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

बागलुङ, २२ मंसिर– सोमबार बागलुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु बागलुङ नगरपालिका वडा नं. २ का ६ जना र बानपा ८ सिगानाका १ जना छन् ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले दिएको जानकारी अनुसार बानपा २ का ५० बर्षका पुरुष, ४४ बर्षकी महिला, ६५ बर्षका पुरुष, ५५ बर्षकी महिला, ३५ बर्षकी महिला र ३० बर्षकी महिला डाक्टर रहेको खुलेको हो । उनीहरु मध्ये अधिकांस कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सिगानाका ५० बर्षका एक पुरुषमा पनि संक्रमण पुष्टी भएको हो । उनी समेत बागलुङ बजारमै बसोबास गरिरहेका व्यक्ति हुन् । सोमबार सम्म बागलुङमा ८ सय २८ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->