बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

सगरमाथाको नयाँ उचाइ ‍८८४८‍.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ‍८८४८‍.८६ मिटर


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७७, मंगलबार
137373260

काठमाण्डौ, २३ मंसिर– विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ‍८८४८.८६ मिटर निर्धारण भएको छ ।

सोलुखुम्बुको खम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने सगरमाथाको उचाइमा चीनले वखेडा झिकेपछि बनेको मापन समितिले आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको हो ।
बिज्ञका अनुसार सगरमाथाको आठ हजार आठ सय ४८ मिटर बाट वढेर ‍८८४८ं.८६ पुगेको हो । नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गरेका हुन् । सन् २००५ देखि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयमा विवाद थियो ।
मन्त्रिपरिषद्को गत १० मंसिरको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा तयार पारेको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेपछि सार्वजनिक गरिएकोे हो ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको थियो । पहिलो पटक सन् १८४७ मा सगरमाथाको उचाइ मापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->