सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रकृतिको पहिचान गरेर पर्यटनका गतिविधि

प्रकृतिको पहिचान गरेर पर्यटनका गतिविधि


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७७, बिहिबार
a'4 cfsf/sf] kxf8 unsf]6, @% ;fpg M lhNnfsf] afun'ª gu/kflnsf–^ / & sf] l;dfgfdf /x]sf] a}/]gL kfvf]df eujfg uf}td a'4sf] cfs[lt b]lvg] 9'ªufsf] kxf8 . o; kxf8nfO{ k|rf/k|;f/ ug{sf nflu a'4 lxn gfds/0f ul/Psf] 5 . tl:j/ M v]d/fh uf}td÷ /f;;

बागलुङ, २५ मंसिर– बागलुङ नगरपालिका–६ मा रहेको एउटा पहाडमा घुम्न पुगेका युवाहरुले बुद्धको आकृति देखेपछि प्रचार थाले । पछिल्लो समय बुद्ध हिलको नामले चर्चामा रहेको पहाडमा पुग्ने आन्तरिक पर्यटकहरु बढ्दै छन् । वडा कार्यालयले बुद्व हिलमा पुग्ने पदमार्ग निर्माणमा चासो देखाएको छ । तस्विर खिच्दा देखिने आकृतिले आन्तरीक पर्यटकहरु मोहित भएको वडा अध्यक्ष खेमराज सापकोटा बताउँछन् ।
काठेखोला गाउँपालिका–७ रेशमा रहेको माहुरी झरना पछिल्लो समय चर्चामा छ । रेश खोलामा पर्ने झरना हिजो पनि थियो तर प्रचार थिएन् । पछिल्लो समय माहुरी झरनाको प्रचार सुरु भएको छ । स्थानीय युवाहरुकै सक्रियतामा थालिएको प्रचारले मुर्त रुप मात्रै लिएको छैन् झरना पुग्न पदमार्गको निर्माणमा वडा कार्यालयले लगानी गरेको छ ।
स्थानीयले उपभोक्ता समुह बनाएर पदमार्गका लागि श्रमदान गरे । झरनाको प्रचारप्रसार र यहाँ आउने पर्यटकका कारण रेशका स्थानीय आम्दानीसँग जोडिने वडा अध्यक्ष प्रेम लामिछाने बताउँछन् । खहरेमा बगिरहेको पानीकोे सुन्दरताले रेशको पर्यटनमा प्रभाव पार्ने प्रचुर संभावना छ ।
व्यवसायी युवा राजु कार्की र उनको परिवारको सक्रियतामा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बञ्जीजम्प सुरु भएको छ । कालीगण्डकीको खोँच र धौलागिरी हिम श्रृंखलाको उपयोग गर्दै बञ्जी चलाउने प्रयत्न भैरहेको छ । २० करोड लगानीमा रिसोर्टसहित बनेको बञ्जीले प्रकृतिको सौन्दर्यता, बलेवा तथा पर्वतको कुश्मा बजारमा आर्थिक क्रियाकलापमा टेवा पु¥याउने कार्की बताउँछन् ।
बागलुङ नगरपालिका–१३ पैञ्युपाटामा रहेको पहरेलेक दक्षिण फर्किएको उत्तरतर्फ हावा बहने लेक हो । यहाँको समथर भुभागबाट दजर्नौं बस्तीहरु देख्न सकिन्छ । प्रचारप्रसार र उपयोगिताको जानकारी अभावमा पहरेको लेकमा गाईबस्तु चर्ने र घाँस दाउरा बोक्ने मात्रै पुग्ने गरेका थिए ।
पछिल्लो समय बलेवामा प्याराग्लाइडिङको चर्चा छ । बलेवामा प्याराग्लाईडिङ गर्न उपयुक्त ठाउँको रुपमा पहरे छनौट भएको छ । ‘पहरे प्राकृतिक थलो हो, यसको उपयोग गरेर प्याराग्लाईडिङ चलाउँदा बलेवाको पर्यटनमा फड्को मार्न सकिन्छ’ प्याराग्लाईडिङका पुर्वाधार बनाउन बनेको उपभोक्ता समितिका सचिव भरत पौडेलले भने ‘कालीगण्डकीको तिरदेखि भकुण्डेको शिरसम्मका प्रकृतिका उपहार उपयोग गर्दैछौं ।’
पछिल्लो समय बागलुङमा प्राकृतिक सम्पदाहरुको उपयोग गरेर पर्यटनको विकास गर्ने होडबाजीनै चलेको छ । ढोरपाटन शिकार आरक्षको मनोरम दृष्यको प्रचार होस अथवा घुम्टेको धुरी बागलुङमा प्रकृतिक रुपमै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्यहरु छन् । ‘हामीले सम्भावनाको खोजी नगरेर मात्रै हो, प्रकृतिले दिएका उपहार धेरै छन्’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भने ‘गाईघाटको झरना, डुडेलेक र घुम्टे पर्यटकका लागि हामीले विकास गर्न लागेका प्राकृतिक सम्पदा हुन् ।’ ताराखोलाले वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।
ती स्थानका अलवा बागलुङमा वडा, पालिका र जिल्ला तहमै प्राकृतिक सम्पदासँग जोडेर पर्यटनका कामहरु भैरहेका छन् । ‘एक वडा एक पहिचानको कार्यक्रम बनाईएको छ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ‘धार्मिक, प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकासका योजना छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->