तनहुँ, २५ मंसिर- शुक्लागण्डकी जेसिजको बर्ष २०२१ को अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । जम्मा १ मतान्तरले श्रेष्ठ विजयी भएका हुन् । बुधबार राती सम्पन्न निर्वाचनमा २७ मत ल्याएर उनी निर्वाचित भए ।
उनका निकटतम प्रतिद्धन्दी शिव विकले २६ मत प्राप्त गरे । ५४ मतदाता रहेकोमा कुल ५३ मत खसेको थियो ।
यसअघि अध्यक्ष पदका लागी बर्ष २०२० का कार्यकारणी उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेलले अध्यक्षको दाबी गरेका थिए । अन्तिममा समयमा आएर ३ जना पछाडी हटेपछि सर्वसम्मत नेतृत्व चयन गर्नलाई श्रेष्ठ र विकसंग लामो छलफल गरिएको थियो । दुवै टसमस नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको हो ।
कार्यकारणी उपाध्यक्षमा रमेश भण्डारी ४६ र सन्तोष श्रेष्ठ ३२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा भने दिपेन्द्र रिमाल, सुरज लम्साल र पुकार श्रेष्ठ सर्वसम्मत भए । बाँकी सदस्य पछि मनोनित गरिनेछ ।
यसैबिच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शुक्लागण्डकी जेसिजको गरिमा उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफुलाई मत दिएर विजयी गराउनेप्रति आभार व्यक्त गरे ।
सन् २००३ मा भरतबहादुर खड्काको नेतृत्वमा स्थापित संस्था यस क्षेत्रको अग्रणी स्थानको सामाजिक संस्थाको परिचय बनाएको छ ।
यसअघि बुधबार विहान जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शुक्लागण्डकी जेसिजको १८ औँ अधिवेशन तथा १९ औँ साधारणसभाको उद्घाटन गरेका थिए ।





