सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सहकारी डिजिटल विधिमा जानुपर्छ : सह–अध्यक्ष पौडेल

सहकारी डिजिटल विधिमा जानुपर्छ : सह–अध्यक्ष पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

बागलुङ, २६ मंसिर– राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई डिजिटल प्रविधिको कारोवार गर्न सुझाव दिएका छन् । उनले आम नागरिकको पहुँचमा पुग्न पनि सुझाव दिए ।
बागलुङको सिवाईसी वचत तथा ऋणका सहकारी सस्थाको ११ औ वार्षिक साधारणसभाको अवसरमा बोल्दै पौडेलले नेपालको अर्थतन्त्रमा सहकारीले खेलेको भूमिका अतुलनीय भएको पनि बताए । ‘अब बैंकमा जस्तै सहकारीहरु बीचपनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोवार गर्नुपर्छ’ उनले भने, ‘सदस्यको सेवामा सबैले सामुहिक भूमिका खेल्नुपर्छ ।’
कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले स्थानीय तहसँग समन्वय गरी उद्यमशीलता विकास र रोजगारी सृजना गर्नुपर्ने बताए । सहकारीका संचालन सदस्यमैत्री भएमात्रै सदस्यले सर्वसुलभ सेवा पाउने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, गलकोट सदस्य सेवा केन्द्र संचालक समितिका संयोजक रामवहादुर खत्रीलगायतले शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा र संचालन सचिव जयराम भारीले गरेका थिए । कार्यक्रममा सहकारीका उत्कृष्ठ बचतकर्ता, कारोवार गर्ने र जेष्ठ सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
सहकारीमा १२ हजार ६ सय ५ जना शेयर सदस्य पुगेका छन् । अहिलेसम्म २२ करोड ७६ लाख शेयर पूँजि, १ अर्ब ३२ करोड बचत पुगेको छ । सहकारीले ९४ करोड ३३ लाख ८२ हजार रुपैयाँ लगानी गरेको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->