बागलुङ, २८ मंसिर– आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ ।
इकाइगत सधारणसभा गरेको सहकारीले शनिवार बागलुङ बजारमा मुल समारोह आयोजना गरेको हो । सहकारीले हरेक साधारणसभामा गर्दै आएको सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम भने यसपटक रोकिएको छ ।
यसवर्ष गीत संगीतको माध्यामबाट योगदान पु¥याएको भन्दै गायक प्रकाश सपुतलाई सम्मान गर्ने घोषणा सहकारीले गरेको छ । क्रियाशिल पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले आफ्नो बिबाह खर्च कटाएर स्थापना गरेको सिर्जनशिल पत्रकारीता कोषबाट वितरण हुँदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार यस बर्ष मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी १० हजार र प्रमाणपत्र छ ।
शनिवार सम्मान र पुरस्कारका लागि छनौट भएका दुवै जना बागलुङ आउन नसकेपछि अर्कोपटक वितरण गर्नेगरी स्थगित गरिएको हो । सहकारीले बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
साधारणसभाकै अवसरमा ओम बचत तथा ऋण सहकारी संस्था र आदर्श सञ्चार सहकारीकाबीच एकिकरणको घोषणा समेत गरिएको थियो । साधारणसभाले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा ओम बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष रुद्र महतले एकिकृत गर्नुको कारणका बिषयमा जानकारी गराएका थिए ।
आदर्श सञ्चार सहकारीका अध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केवी शाहीको स्वागत, र पत्रकार सिर्जना पन्तले संचालन गरेकी थिइन् । संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । ७ वटै एकाई सभाबाट चयन भएका प्रतिनिधिहरुको सभा तथा संस्थाको १५ औं स्थापना दिवस शनिवार सम्पन्न गरेको हो ।





