पोखरा, २९ मंसिर– पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ ।
वालाचतुर्दशी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, सार्दीखोला, हेम्जा, हरिपाउँ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना दिवंगत पितृको सम्झना सहित भगवान शिवको आराधना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।
साँझसम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भक्तालुहरुको पुगेकोे समितिका अध्यक्ष टीकाराम पौडेलले वताउनुभयो ।कोरोना महामारीका कारण अघिल्ला वर्ष हरुमा जस्तो तामझाम नगरिएको समितिले जनाएको छ ।स्थानीय भजन मण्डलीले साझसम्म पनि भजन किर्तन गरेका थिए । सद्बीज छर्न पुगेकाहरुले त्यहाँवाट माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृखंलासहित पोखराको समेत दृश्यावलोकन गरेका थिए । त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।





