बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्कुल त खुले, कहिले चल्छन् स्कुल बस ?

स्कुल त खुले, कहिले चल्छन् स्कुल बस ?


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस– बागलुङ जिल्लाभरि सबै खालका यातायातका सवारीसाधन निर्वाध रूपमा संचालन भइरहेको बेला बागलुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस संचालनमा रोक लगाउँदा विद्यार्थी मर्कामा परेका छन् ।
विद्यालय संचालन गर्न दिने तर विद्यालय बस संचालन गर्न रोक लगाउँदा विद्यार्थी कोरोनाको जोखिम मोलेर सार्वजनिक यातायात चढ्न वाध्य भएका छन् । कोरोना जोखिमलाई ध्यानमा राखी चैत १० गतेदेखि बन्द भएका शैक्षिक संघसंस्था खुलेर पढाइ संचालन भएपनि बागलुङ नगरपालिका नगर शिक्षा समितिले बस संचालनमा रोक लगाउदा त्यसको प्रत्यक्ष मारमा बिद्यार्थी परेका हुन् ।
सरकारले ९ महिनादेखि लगाउदै आएको लकडाउन अन्त्य भए संगै अनलाइन मार्फत कक्षा संचालन गर्दै आएका बिद्यालयले बिद्यार्थीलाई बिद्यालयमै सबै पठनपाठन शुरूवात गरेपनि बागलुङ नगरपालिकाले भने बिद्यालयका सवारीसाधन चलाउन प्रतिबन्ध लगाउदा गाउँ गाउँ बाट आउने बिद्यार्थी मर्कामा परेका हुन ।
बागलुङ नगरपालिका नगर शिक्षा कार्यलयले कोरोनाको जोखिम कायमै भएको भनी अर्को सुचना जारी नभएसम्म बिद्यालयका सवारीसाधन नचलाउन निर्देशन दिएको कारण विद्यार्थी र अभिभावक लाई समस्या भएको प्रिसियस मन्टेश्वरीका संचालक राजन पौडेलले बताए ।यतिबेला बागलुङका निजी र सामुदायिक बिद्यालयले कोरोनाको जोखिम लाई ध्यानमा राखीदिनमा ३ सिफ्टमा सामाजिक दूरी कायम गर्दै कक्षा संचालन गरिरहेको भएपनि सवारीसाधन चलाउन नपाउँदा समस्या थपिएको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताए ।नगरपालिकाले विद्यालय संचालन गर्न दिने तर विद्यालय बस संचालन गर्न रोक लगाउँदा बिहान ५ बजेदेखि गाउँबाट हिँडेर आउनुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । विद्यालय चलाउन दिने र बस संचालन गर्न नदिँदा आफूहरुलाई समय व्यवस्थापन गर्न समम्या भएको विद्यार्थीको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->