बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

दुई पार्टी भइसक्यो, प्रदेशमा केही हुँदैन : मुख्यमन्त्री गुरुङ

दुई पार्टी भइसक्यो, प्रदेशमा केही हुँदैन : मुख्यमन्त्री गुरुङ

‘दुईवटा पार्टी भइसक्यो,भावनात्मक र भौतिक हिसाबले त दुईवटा पार्टी भइसक्यो नि’, उनले भने,‘कानूनी हिसाबले दुईपार्टी हुन मात्र बाँकी छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

पोखरा, ६ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र पदमोहले सृजना गरेको अराजकताकाबीच ताजा जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको कदम जायज भएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग आइतबार साँझ टेलिफोनमा कुरा गर्दे मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीकै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरुले भेला गर्दै हिँड्ने र कार्यकर्तालाई उकास्ने काम गर्दै अविश्वासको प्रस्ताव ल्याउने भएपछि नयाँ म्याण्डेट लिने निर्णय भएको जिकिर पनि गरे ।
‘निवाचित प्रधानमन्त्रीले नयाँ म्याण्डेट लिन्छु भन्नु लोकतान्त्रिक प्रक्रिया नै हो नि, जनताको म्याण्डेट लिन्छु भन्नु सबैभन्दा बढी लोकतान्त्रिक हो क्या’, उनले भने,‘म संसद विघटन गरेर अरु कुनै शक्तिलाई सुम्पन्छु भने पो अर्को कुरा हो त , जनताले दुई तिहाई दिएको तर आफ्नै पार्टीभित्रबाट काम गर्न दिइएन भनेर म तपाईँहरुको विश्वास लिन्छु भनेर जनताकहाँ जाने निर्णय गर्नु राम्रो हो ।’ नेकपा स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले केपी ओलीकै कारण बहुमत आएको र त्यो बहुमतको म्याण्डेट अनुसार काम गर्न नपाएकाले नै नयाँ जनमत चाहिएको तर्क पनि गरे । उनले जनतालाई माथि राखेर निर्णय गरिनुपर्ने र लोकतन्त्रमा विश्वास गर्ने पार्टी नै ठूलो हुन्छ भन्ने कुरा बुझ्न कार्यकर्तासँग आग्रह पनि गरे । उनले विधिवत् रुपले पार्टी नफुटे पनि दुई पार्टी भइसकेको बताए ।
‘दुईवटा पार्टी भइसक्यो,भावनात्मक र भौतिक हिसाबले त दुईवटा पार्टी भइसक्यो नि’, उनले भने,‘कानूनी हिसाबले दुईपार्टी हुन मात्र बाँकी छ । हामी त्यसो नहोस् भन्ने चाहन्छौं ।’
उनले संघीय सरकारमा जे भए पनि प्रदेश सरकारमा केही नहुने बताए । ‘हामी विकास निर्माण र जनताका पक्षमा काम गरिरहन्छौं, हामीले अहिले त्योभन्दा बाहेक केही सोचेका पनि छैनौँ, हाम्रो प्रदेशमा सरकार तलमाथि गर्नुपर्ने अवस्थामा हामी छैनौं, अब हाम्रो २ वर्ष बाँकी छ, हामी जनतासँगै हुन्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->