स्याङ्जा, – पुस, कालिगण्डकी गाउँपालिका ३ वैघा बारिचौरमा शनिबार झलुङ्गे पुलको शिलान्यास गरिएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले एक कार्यक्रमका विच पुलको शिलान्यास गरेका हुन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ र पाल्पाको बङनासकाली गाउपालिका ६ मन्द्रान जोड्ने ३ सय ४२ मिटर लम्बाईको पुल संघीय सरकार र स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाको रु दुई करोड ६७ लाखको लागतमा निर्माण कार्य सुरु गरिएको हो । कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको सो पुल निर्माण कार्य सम्पन्न भएपछि स्याङ्जा र पाल्पाका जनतालाई आवत जावतमा सहज निकै सहजहुने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।





