बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीका दलित किशोर –किशोरीले लिए ११ दिने पत्रकारीता तालिम

कावासोतीका दलित किशोर –किशोरीले लिए ११ दिने पत्रकारीता तालिम

आत्मबिश्वास र अठोटका साथ पत्रकारीतामा लाग्न सहभागीलाई आग्रह ।


  • खगेन्द्र पराजुली
  • पुष १२ २०७७, आइतबार

नवलपुर, १२ पुस– कावासोतीमा सञ्चालित ११ दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको आयोजनामा भएको तालिम समापन भएको हो ।
सहभागीलाई प्रमाणपत्र बितरण सहित समापन कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश साँसद रोशनबहादुर गाहा मगरले कुरिति, अन्याय र अत्याचारका बिरुद्ध कलम चलाउने अठोटका साथ पत्रकारीतामा लाग्न सहभागीलाई आग्रह गरेका छन् ।
उनले वर्तमान राज्य ब्यवस्थाले सवैलाई समानुपातिक र समावेशी ढंगले संबोधन गरेको जिकिर गरेका छन् । उनले भने– “हिजो समाजमा विभिन्न बिभेद र अपमान सहनुपर्ने दलित अहिले नीति निर्माणदेखि हरेक तह र तप्कामा उल्लेखनीय सहभागिता रहेको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थाको उपज हो ।”
कार्यक्रममा कावासोती ३ का वडाध्यक्ष अमृत श्रेष्ठले अझ पनि समाजमा बाँकी रहेका विभेदका अवशेष अन्त्यका लागि लाग्न सहभागीलाई आग्रह गरेका छन् ।
उनले दरिलो आत्मबिश्वासका साथ लाग्न पनि सुझाएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन गंगा बिश्वकर्माले गरेकी थिईन् ।
११ दिनसम्म चलेको तालिममा १ दर्जन पत्रकारले सहजीकरण गरेका थिए । कावासोतीका १७ वटै वडाका ३० जना दलित किशोर–किशोरी सहभागी भएको तालिममा मुख्य प्रशिक्षक गण्डकी प्रदेश पत्रकार महासंघका सदस्य राजेश सुनाम थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->