बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पल्लोपाखाको विव्यसमा नयाँ नेतृत्व

पल्लोपाखाको विव्यसमा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार

बागलुङ, २२ पुस– पल्लोपाखा सामुदायीक मावि व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा रहेको विद्यालयका अभिभावकहरुको मंगलबार सम्पन्न भेलाले गोपाल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
विव्यसको सदस्यहरुमा गुरु प्रसाद आचार्य, टिकाराम पौडेल, दुर्गा देवी चापागाई, शान्ति देवी शर्मा र कल्पना नेपाली चयन भएका छन् । वडाअध्यक्ष पदेन सदस्य रहने पदको लागि वडा अध्यक्षको सिफारिसमा वडा सदस्य रुद्रनाथ शर्मा चयन भएका छन् । शिक्षक प्रतिनिधि चयन गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक टेकनारायण आचार्य पदेन सचिवमा चयन भएका छन् । तीन जना सामाजसेवीलाई आमान्त्रित सदस्यको रुपमा चयन गरिएको छ । बिष्णु प्रसाद आचार्य, देवनारायण शर्मा, र भविश्वर शर्मालाई आमन्त्रीत सदस्य बनाईएको हो ।
भेलाले तुलसी प्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्य रहेको शिक्षक अभिभावक संघ गठन गरेको छ । कुनै समय जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको पल्लोपाखाको खस्कँदो गुणस्तरलाई उकासेर पहिलेकै अवस्थामा पु¥याउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताए ।
भेलालाई जैमिनी नगरपालिकाका शिक्षा अधिकृत खेम आचार्यले सम्बोधन गरेका थिए । निवर्तमान अध्यक्ष रुद्रनाथ शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन शिक्षक राजु पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->