बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

विश्व ब्रेल दिवस मनाइयो

विश्व ब्रेल दिवस मनाइयो


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार

पोखरा, २२ पुस– बे्रल लिपिका आविष्कारक लुइस ब्रेलको २१२ औं जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ जनवरी ४ कास्की नेत्रहीन संघले विविध कार्यक्रमका साथ मनाएको छ ।
कास्की नेत्रहीन संघको आयोजना तथा हेल्पिङ हेन्ड्सको सहयोगमा पोखराको दिप गार्डेन रेस्टुरेन्ट दिप, अमरसिंह मा.वि. दृष्टिविहीन शाखा र कुँडहर आधारभूत विद्यालय दृष्टिविहीन शाखामा गरिएको कार्यक्रममा सचेतना तथा सामग्री वितरण गरिएको कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए । उनका अनुसार कास्की नेत्रहीन संघका सहसचिव सुनीता ज्ञवाली, श्रवण दृष्टिविहीन पुष्पराज रिमाल, यस हेल्पिङ हेन्डसका अध्यक्ष दिनेश कुमार थापा, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रही संघका केन्द्रीय सचिवालय सदस्य खुमराज शर्मा लगायका व्यक्तिहरुले ब्रेल लिपिको आवश्यकता र सान्दर्भिकता एवम् कोभिड महामारीमा दृष्टिविहीनहरुका स्वास्थ्य चुनौतिहरुबारे बोलेका थिए । कार्यक्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागका इन्चार्ज डा. अङ्गना पराजुली र मेडिकल अफिसर सुदेसना अधिकारीले दृष्टिविहीनहरुका लागि माक्स लगाउने तथा हात धुने तरिका र कोभिडबाट बच्ने उपायका बारेमा प्रयोगात्मक रुपमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गरी करीब १०० जना दृष्टिविहीनहरु लाभान्वित भएका छन् । सो अवसरमा बोल्दै अध्यक्ष श्रीकान्त सापकोटाले ६० वर्ष माथिका दृष्टिविहीनहरुलाई घरघरमै सेतो छडी पु¥याउने र विद्यालय तहका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पाठ्यपुस्तकबाट बञ्चित हुनुनपर्ने अवस्था सिर्जना गर्न संस्था अगाडि बढ्ने बताए । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले दृष्टिविहीनहरुको विचार अभिव्यक्ति र स्वतन्त्रताको प्रतिक ब्रेल लिपि र दृष्टिविहीनमैत्री प्रविधि विकासमा दिलो ज्यान दिएर लाग्ने जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->