शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ऋषिङ म्याराथनको उपाधी नेपाली सेनाका रोकायलाई

ऋषिङ म्याराथनको उपाधी नेपाली सेनाका रोकायलाई


  • बिनोद ढुंगाना
  • पुष २७ २०७७, सोमबार

तनहुँ, २७ पुस– पर्यटकिय गन्तव्य प्रर्बद्धनका लागी ऋषिङ गाउँपालिकामा भएको प्रथम ऋषिङ म्याराथनको उपाधी जुम्लाका राजन रोकायले जितेका छन् । खुल्लातर्फको ४२.२ किलोमिटरको निर्धारित दुरी २ घण्टा ५१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उनले उपाधी हाँसिल गरे । नेपाली सेनामा कार्यरत उनले उपाधीसंगै ६५ हजार रुपैयाँ हात पारेका छन् ।
डोटीका नवराज साउथले दोस्रो स्थान प्राप्त गरे । नेपाली सेनाकै उनले २ घण्टा ५१ मिनेट ५० सकेण्डमा दुरी पार गरेका हुन् । २ घण्टा ५७ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ राई तेस्रो भए । कालिकोटका देवराज महताराले ३ घण्टा २ मिनेट ३५ सेकेण्ड, रामेछापका वेदबहादुर सुनुवारले ३ घण्टा १२ मिनेट ५५ सेकेण्ड र काठमाडौंका धर्म महर्जनले ३ घण्टा १४ मिनेट ५० सकेण्डमा दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । दोस्रो, तेस्रो र सान्त्वना हुनले क्रमश ः४०, २५ र १० हजार रुपैयाँ पाएका छन् ।
खुल्लातर्फ १ सय २५ बढी धावकको सहभागिता रहेको थियो । अधिकांश धावक राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । ऋषिङ गाउँपालिका–८ मा पर्ने ऐतिहासिक थलो ऋषिङ्गे राजाको दरबार रहेको गढीकोटबाट शुरु भएको दौड ऋषिङ–३ को दुबुङ भ्यूवटावरमा पुगेर अन्त्य भएको थियो ।
१० किलोमिटर दुरीमा भएको स्थानिय दौडको उपाधी पदमबहादुर आलेले जिते । नेपाली सेनाका उनले १५ हजार रुपैयाँ पाए । विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो भए । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । गढीडाँडाबाट सुरु भएको दौड ऋषिङ गाउँपालिका–६ स्थित ज्यामिरे माई मन्दिरमा पुगेर टुगिंएको थियो । ८८ जनाले यो विधामा सहभागिता जनाएका थिए ।
४ किलोमिटर दुरीमा भएको महिला दौडको उपाधी सिता रानाभाटले नितेकी छन् । १८ मिनेटमा उनले दुरी पार गरेकी हुन् । १९ मिनेटमा दुरी पार गर्दै यमुना थापा दोस्रो र १९ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै सुम्मिता रानाभाट तेस्रो भईन् । उनहीहरुले क्रमश : १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । गढीडाँडादेखी ऋषिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडिएका थिए । यो विधामा ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->