नवलपुर, १० माघ – कावासोतीको भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शुक्रवार साँझ कावासोती ८ स्थित डिभिजन बन कार्यालय नवलपुरदेखि पुर्वपट्टिबाट दक्षिणतर्फ जाने भित्री बाटोमा मोटरसाईकल दुर्घटनामा परेका २ जनाको अस्पताल पुर्याईए पनि मृत्यु भएको प्रहरी सुचना अधिकारी बिशाल तामाङले बताएका छन् ।
दुर्घटनामा परी कावासोती ३ का २४ बर्षीय हेमराज थापा र कावासोती ८ का २६ बर्षीय सुनिल जैसवालको मृत्यु भएको हो ।
ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
उनीहरुलाई मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।





