पोखरा, १२ माघ– गुरुङ भाषाका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर १, रामकोटमा शालिक अनावरण गरिएको हो । शालिकको
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनावरण गरे । मन्त्री गुरुङले नेपालमा रहेका विविधता नै पहिचान भएकोले सांस्कृति भाषिक, संरक्षण र विकाशमा ध्यानदिनु पर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङले आदिकवि गुरुङको विषय फेदिखोला गाउँपालिकाले पाठ्य विषयवस्तुमा समावेश गर्न तयारी गरिरहेकोमा खुशी व्यक्तगरे ।





