बागलुङ, २८ माघ– बागलुङ नगरपालिका वडा नं. ६ मा रहेको लहरेपिपल माविको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । विद्यालयले शैक्षिक र साँस्कृतिक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा बक्ताहरुले सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारको लागनी अपरिहार्य रहेको औंल्याए । अभिभावक, शिक्षक र विद्यार्थीको मेहनले मात्रै शैक्षिक क्षेत्र अघि बढ्ने धारणा राखे ।
कार्यक्रमा पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रविप्रसाद उपाध्याय, नेकपा वडा कमिटिका अध्यक्ष गोविन्द प्रसाद शर्मा, नेपाली कांग्रेस वडा सभापती पदम बहादुर क्षेत्री, क्षेत्री समाज बागलुङका अध्यक्ष बावुराज कार्की, पुर्वशिक्षक माधव प्रसाद उपाध्यायले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव समारोहमा विद्यालयमा विभिन्न चन्दादाता तथा समाजसेवीले स्थापना गरेको स्मृती कोषबाट विभिन्न विद्यामा उत्कृष्ट हुने, जेहेन्दार, तथा गरिव विद्यार्थी एवं एकल महिला तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष खिमराज सापकोटाको अध्यक्षतामा निमित्त प्रधानाध्यापक बालकृष्ण आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक सिता गौतमले गरेकी थिईन् ।





