बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बिद्यामन्दिरको वार्षिकोत्सव सुरु

बिद्यामन्दिरको वार्षिकोत्सव सुरु


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २ २०७७, आइतबार

बागलुङ, २ फागुन– बिद्यामन्दिर माबिको वार्षिकोत्सवको अबसरमा विविध साँस्कृतिक तथा अतिरिक्त क्रियाकलाप संचालन भएका छन् ।
शनिवारदेखि सुरु भएको वार्षिकोत्सको अवसरमा एकल तथा सामुहिक नृत्य, गजल र लोकगीत प्रतियोगिताहरु सम्पन्न भएको प्रधानाध्यापक शान्तमणी ढकालले बताए ।
वार्षिकोत्सवको मुख्य कार्यक्रम आइतवार हुनेछ । बार्षिकोत्सवलाई प्रवचन, पुरस्कार बितरण लगायतको क्रियाकलापमा मात्रै समेट्ने गरी कार्यक्रम तय भएको उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बाल क्लब, जुनियर रेडक्रस सर्कललगायतले पनि व्यवस्थापन गरेका छन् ।
भूकम्पले क्षतबिक्षत बनाएपछि बालबालिका पढाउनै सास्ती भएको यो विद्यालय पूर्व बिद्यार्थी र दाताको सहयोगमा ठडिएको छ । बिद्यालयले चन्दादातालाई सम्मानसमेत गरिरहेको छ । भवन निर्माणको अभियान थालेपछि दाताले दिएको चन्दाबाट भवनसहित फर्निचर, कम्युपटर ल्याब र बिज्ञान प्रयोगशालासमेत बनेको छ । बिसं १९९७ सालमा घरेलु उद्योगको नाम दिएर खोलिएको बिद्यामन्दिर माबि बनाउन दाताबाटै ५ करोड सहयोग संकलन गरेर भवन बनाइएको राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->