बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गुणस्तर सुधारको पक्षमा धौलागिरी क्याम्पस

गुणस्तर सुधारको पक्षमा धौलागिरी क्याम्पस


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

बागलुङ, ३ फागुन– धवलागिरी बहुमुखी क्याम्पसको ५८ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा क्याम्पसको समग्र बिकासका संभावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागिले क्याम्पसको गुणस्तर बढाउनुपर्ने, आंशिक शिक्षकलाई करारमा नियुक्ती गरेर पूर्णकालिन बनाउनुपर्ने तथा बिद्यार्थी संख्या बढाउनुपर्ने माग गरिएको छ ।

क्याम्पसमा हाल स्नातक तर्फ चार बर्षे र एक बर्षे शिक्षा शात्र संकाय, मानबिकी, बिबिए र बिबिएस, बिज्ञान संकाय संचालनमा छ । स्नातकोत्तर तर्फ मानविकीको समाजशाष्त्र मानवशाष्त्र र नेपाली, शिक्षा शाष्त्रमा पाठ्यक्रम तथा मूल्यांकन र नेपाली बिषय पढाइ भैरहेको छ । तर क्याम्पसमा ३६ जना पूर्णकालिन र ३८ जना आंशिक शिक्षकले संचालन भएको छ । ‘आंशिक शिक्षक बिना कक्षा संचालनको अबस्था छैन, जसरी पनि आंशिकलाई करारमा ल्याउनुपर्ने बाध्यता छ’ क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले भने, ‘क्याम्पसलाई गति दिन पुरानै शैलीले हिडेर मात्र पुग्दैन ।’ स्वअध्ययन प्रतिवेदन तयारी समितिले पनि यो बिषयमा चासो राखेको छ । स्वअध्ययन प्रतिवेदन तयारी समिति मार्फत क्याम्पसको गुणस्तर सुधारको काम थालिएको छ ।

कार्यक्रममा त्रिभुवन बिश्व बिद्यालयका सिनेटर तथा प्राध्यापक डाक्टर दिनबहादुर थापाले क्याम्पसलाई चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा दिन सकेमा बिद्यार्थी संख्या बढाउन सकिने भन्दै क्याम्पसको बिकासमा हरेक नागरिकले अपनत्व लिने व्यवस्था गर्नुपर्ने धारणा राखे । क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक प्रमुख तिलक कंडेलको संचालन र अर्का सहायक प्रमुख धु्रबराज गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा आशिंक शिक्षक, बिभागीय प्रमुख, कर्मचारी र बिद्यार्थी नेताले पनि सुझाव दिएका थिए । क्याम्पसले गुणस्तर सुधारकालागि नियमित आन्तरिक मूल्यांकन तथा परीक्षा प्रणाली सुधार गर्ने, बाहिर जाने बिद्यार्थीले यही गुणस्तरीय शिक्षा पाउँछौ भन्ने सन्देश प्रवाह गर्ने र आर्थिक अबस्थामा पनि सुधार ल्याउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->