पोखरा, ३ फागुन– नेपालबाट अवैध रुपमा लागुऔषध चरेस रुस पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङका टेकबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट रुसमा ५ किलो लागुऔषध चरेस अवैध रुपमा पठाउने कार्यमा संलग्न रहेको भन्दै लमजुङ वेशीसहर नगरपालिका–१० का ५२ वर्षीय राउतलाई ललितपुर–३ पुलचोकबाट पक्राउ गरिएको हो ।
अवैध लागुऔधष तस्कर र लागुऔषध तस्कर मुद्धामा अनुसन्धान गरिरहेको रुस सरकारले पारस्पारिक कानुनी सहायताका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरलाई पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा ब्यूरोले कीर्ती क्राफ्ट लिमिटेड भइरहेको थियो । नेपालबाट पठाउने कीर्ति क्राफ्ट लिमिटेड काठमाण्डौ र पाउनेमा ग्रोब्टिचेना ल्रिना निकोलेभ्ना ८९, बुल्डिङ४,बुल्ट्निकोभ्सकाया एसटिआर एपिटि ४५, मस्काव उल्लेख गरी राखिएको धातुको डिब्बाहरुबाट चरेश बरामद गरिएको थियो । राउत विरुद्ध लागुऔषध चरेश कारोबार मुद्धामा अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दियो ।





